Latest
अर्को
Prev

अशोकराज सिग्देल बने प्रधान सेनापति

सेयर गर्नुहोस

नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सिग्देललाई भदौ २४ बाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गरेका हुन् ।


योसँगै सिग्देल नेपाली सेनाको ४५औं प्रधान सेनापति बनेका छन् ।


नेपाली सेनाको परम्पराअनुसार प्रभुराम शर्माले अवकाशमा जानु एक महिनाअघि साउन २४ गतेदेखि बिदा बसेर सिग्देललाई बुझबुझारथ गरेका थिए ।


यसअघि साउन १४ गते राष्ट्रपति पौडेलले सिग्देललाई सरकारको सिफारिसमा कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी दिएका थिए ।


उमेर विवादको छानबिनमा परेपछि उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका थिए । त्यसपछि सेनापतिको रोलक्रममा सिग्देल आएका हुन् ।


३७ वर्षदेखि सैनिक सेवामा कार्यरत सिग्देल भैरहवाका हुन् । उनले त्रिभुवन विश्वविद्यालय रणनीतिक अध्ययन र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर गरेका छन् ।


सिग्देलले कोभिड १९ संकट व्यवस्थापन केन्द्रको कमाण्ड पनि सम्हालेका थिए । युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियालगायतका देशमा उनी यूएन मिसनमा गएका थिए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist