Latest
अर्को
Prev

तलब वृद्धि र प्रहरीको ३० वर्षे सेवासम्बन्धी आदेश पुनरावलोकनका लागि सरकार सर्वोच्चमा

सेयर गर्नुहोस

निजामती कर्मचारीको तलब समायोजनका विषयमा जारी परमादेश र नेपाल प्रहरीको तीसवर्षे सेवासम्बन्धी अन्तरिम आदेश पुनरावलोकनका लागि सरकारले सर्वोच्च अदालतमा निवेदन दिएको छ । कर्मचारीको तलबसम्बन्धी परमादेश कार्यान्वयनले राज्यको ढुकुटीमा ठूलो आर्थिक भार थपिने भएकाले र प्रहरीको सेवा अवधिसम्बन्धी अन्तरिम आदेशले अवकाशमा जान लागेका प्रहरी अधिकृतको कार्यकाल लम्बिने भएकाले सरकार भ्याकेटमा गएको हो ।


सैनिक र प्रहरी अधिकारीसँग मर्यादाक्रम समान रहेका निजामती सेवाका सहसचिव, उपसचिव र शाखा अधिकृतको तलब पनि समान कायम गर्न सर्वोच्च अदालतले गत असार १० मापरमादेश गरेको थियो । परमादेशअनुसार तीन श्रेणीका करिब १२ हजार कर्मचारीको तलब वृद्धि हुँदा अरू सरकारी तथा अर्धसरकारी निकायका कर्मचारीको पनि तलब स्वतः वृद्धि हुने र तलबमा करिब सवा खर्ब थप दायित्व सिर्जना हुने देखिएको छ । यो रकम गत वर्ष भएको विकास खर्चको आधा बजेट हो ।


यही कारण परमादेश पुनरावलोकन गर्न सरकारका तर्फबाट निवेदन दर्ता गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले बताए । ‘सर्वोच्चबाट निवेदनमा निस्सा प्राप्त भयो भने प्रत्यर्थी झिकाई फेरि बहस सुरु हुन्छ । निस्सा प्राप्त भएन भने अघि बढ्दैन,’ उनले भने । सेना, प्रहरी, निजामती तथा सार्वजनिक संस्थानमा फरक–फरक संरचना र सोहीअनुसारको श्रेणी एवं तलबमान हुने अभ्यास छ । सर्वोच्चले सेवाको प्रकृति अलग भए पनि आधारभूत (सुरु) तलब भने मर्यादाकै आधारमा गर्न परमादेश गरेको छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist