अमेरिकामा कार्यरत नेपाली गणितज्ञहरुको छाता संगठन “एसोसिएसन अफ् नेप्लिज म्याथम्याटिसिएन इन अमेरिका” (अन्मा) ले स्नातक तहमा गणित पढ्ने इच्छुक विद्यार्थीहरुबाट छात्रवृत्तिको दरखास्त आव्हान गरेको छ ।
नेपालका जुनसुकै विश्व विद्यालयमा बि. ए. वा बि. एस्सि. विषय लिएर तेस्रो वर्ष (अथवा पाँचौं वा छैटौं सेमेष्टर) मा पढिरहेका १५ जनासम्म विद्यार्थीहरूलाई प्रति व्यक्ति ५० हजार नेपाली रुपैयाँका दरले पुरस्कार उपलब्ध गराइने छ।
उक्त पुरस्कार रकम तेस्रो वर्षमा पहिलो किस्ता र चौथो वर्षमा दोस्रो किस्तामा उपलब्ध गराइने छात्रवृत्ति कार्यक्रमका संयोजक डा. केदार नेपालले बताए ।
अन्माको वेबसाइटमा गई दरखास्त हाल्न सकिनेछ भने इच्छुक विद्यार्थीहरूले अगस्ट ३१ अगावै दरखास्त हालिसक्नु पर्नेछ ।