Latest
अर्को
Prev

१६ किलो चरेससहित एक महिला पक्राउ

सेयर गर्नुहोस

कैलाली प्रहरीले १६ किलो १८० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेको छ। 


प्रहरीले गोदावरी नगरपालिका-२ तेघरी खानेपानी टोलस्थित घरबाट बझाङको बुङ्गल नगरपालिका-२ की ४५ वर्षीया मंगलीदेवी धामीलाई पक्राउ गरेको हो। उनको घरबाट प्रहरीले तराजुसमेत बरामद गरेको छ। 


लागुऔषध चरेसको ओसारपसार तथा कारोबार हुने गरेको गोप्य सूचना पाएपछि धामीको घरमा खानतलासी गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो।


रित पूर्वक खानतलासीको पुर्जी दिएर उनको घरमा खानतलासी गरेको प्रहरीले जनाएको छ। खानतलासीको क्रममा कोठाभित्र बोरामा लुकाइएको अवस्थाबाट चरेस बरामद गरेको प्रवक्ता बोहराले बताउनुभयो।  


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist