Latest
अर्को
Prev

राजनीतिमा क्षमतावान र पढेलेखेका मान्छे चाहिने भट्टराईको दाबी

सेयर गर्नुहोस

नेपाल समाजवादी पार्टीका अध्यक्ष, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश विकास गर्ने हो भने नेपालमा क्षमतावान र पढेलेखेका मान्छे राजनीतिमा आउनुपर्ने बताउनुभएको छ ।


क्रबार काठमाडौँमा जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतको आत्मकथा ‘वैरागदेखि बचावसम्म’ को लोकार्पण समारोहमा बोल्दै उहाँले नेपालमा शक्ति राष्ट्रहरुले खेल्ने गरेको स्वीकार गर्दै देशमा क्षमतावान नेतृत्व भए कुनै समस्या नहुने बताउनुभयो ।


उहाँले नेपाल जटिल भूराजनीतिक देश भएकाले धेरै शक्तिले खेल्ने कोसिस गर्ने बताउँदै त्यसलाई दोष दिनुभन्दा राजनीतिमा पढेका मान्छे भित्र्याउन सके मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिने बताउनुभयो ।


उहाँले सादगी, नैतिकवान, मान्छेहरु राजनीतिमा आउनैपर्नेमा जोड दिनुभयो । अध्यक्ष डा भट्टराईले उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायलाई अघि बढाउनका लागि पनि नैतिक र इमान्दार राजनीतिज्ञको खाँचो रहेको औँल्याउनुभयो । आत्मकथाले डा राउतको जीवन सङ्घर्ष र अविच्छिन्न राजनीतिको पाटोलाई उजिल्याएको डा भट्टराईले बताउनुभयो ।


उहाँले भन्नुभयो, “कुनै समय मधेसलाई स्वायत्त राज्य माग गर्ने सिकेजीले किन त्यसो भन्नुभएको रहेछ भन्ने थाहा पाउन यो किताब पढ्नुपर्छ । किताबमा सिकेजीको मात्रै संस्मरण नभएर समग्र मधेस र मधेसीप्रति राज्यले सदियौँदेखि गरेको फेहरिस्त समेटिएको छ ।” डा भट्टराईले जीवनमा चुनौतीलाई पार गर्दै अघि बढ्न यो किताब विशेषगरी युवापुस्ताले पढ्नुपर्ने पनि बताउनुभयो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist