Latest
अर्को
Prev

तनहुँको दुर्घटनामा १४ जनाको शव निकालियो, १६ जनाको उपचार हुँदै

सेयर गर्नुहोस

तनहुँमा मर्स्याङ्दी नदीमा खसेर भएको बस दुर्घटनामा अहिलेसम्म १४ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।


सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाका अनुसार अहिले सम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको छ भने १६ जना घाइतेलाई उद्धार गरी उपचारको लागि स्थानीय अस्पतालमा पठाएको छ। उनले थप उद्धार कार्य जारी रहेको जानकारी दिए। 


दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले जानुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ। 


पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको  भारतीय बस आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिक सडकबाट मर्स्याङ्दी नदीमा खसेको थियो। बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ। 


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist