मकवानपुरमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना गम्भिर घाइते भएका छन् ।
पूर्व–पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय ग्यास बुलेटले हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बताए।
ग्यास बुलेटको ठक्करबाट कार चालक जिल्ला स्याङ्जा अर्जुनचौपारी नगरपालिका–१का ३३ वर्षीय चुडाबहादुर बिष्ट, कास्की पोखरा महानगरपालिका–११ का ६३ वर्षीया पुरण श्रेष्ठ, लमजुङ बेंसीसहर नगरपालिका–८ का १७ वर्षीया नेहा राना मगर घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि हेटौंडास्थित सन्चो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।