Latest
अर्को
Prev

अशान्ति नमच्चाउन प्रधानमन्त्री ओलीको आग्रह

सेयर गर्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नमच्चाउन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तरमा बोल्दै प्रधानमन्त्री ओलीले विद्यालय तथा विश्वविद्यालयहरुमा अशान्ति नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका हुन् ।


उनले शिक्षाको सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी र समाज नै जिम्मेवार हुने भन्दै सबै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले विद्यालय क्षेत्र शान्ति क्षेत्र भएको भन्दै आफैँले अशान्ति गरेर शान्ति खोज्ने ? भन्दै प्रतिवप्रश्न गरे ।


‘शिक्षाको सम्बन्धमा म के भन्छु भने हरेकले शिक्षामा व्यवस्थापनदेखि लिएर, शिक्षक, विद्यार्थी, अभिभावक, समाज हरेक पक्ष जिम्मेवार भएर । ताला अरुले लाउन आउने त होइन । आफैँ ताला लाउने अनि पढाइ भएन भन्ने । शिक्षालय, विद्यालय भनेको शान्ति क्षेत्र हुनुपर्ने । विश्वविद्यालय, महाविद्यालयहरु शान्ति क्षेत्र हुनुपर्ने । ती ठाउँमा अशान्ति आफैँ गराउने अनि फेरि शान्ति भएन भन्ने ? त्यस खालका तरिकाहरु हरेकले छोड्नुपर्छ । र जिम्मेवार ढंगले शिक्षाको उन्नति कसरी हुनसक्छ ? शिक्षाका समस्या सबै मिलेर कसरी गर्न सकिन्छ ? यस कुरामा जिम्मेवारीबोधका साथ सबैले ध्यान दिन जरुरी छ’ उनले भने ।


उनले शिक्षाका समस्या सबै मिलेर समाधान गर्नुपर्ने भन्दै सम्बन्धित सबैले जिम्मेवारीबोधका साथ ध्यान दिनुपर्ने बताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist