युरोपियन युनियन अन्तरगतका देशहरुले आगामी नोभेम्बर १० बाट नयाँ आवागमन प्रणाली लागु गर्ने भएका छन् । ईईएस नामको नयाँ स्वचालित आईटी प्रणाली युरोपियन युनियनमा आवतजावत गर्ने युरोपियन युनियनभन्दा बाहिरका तेस्रो देशका नागरिकहरुका सन्दर्भमा लागु गरिनेछ ।
यो प्रणाली पासपोर्टको हालको म्यानुअल स्ट्याम्पिङलाई प्रतिस्थापन गर्न डिजाइन गरिएको हो । अहिलेको प्रणालीमा समय धेरै लाग्ने र व्यक्ति ओभरस्टे भए नभएको थाहा पाउन छुट्नसक्ने भएकाले नयाँ प्रणालीको विकाश गरिएको हो ।
नयाँ प्रणालीले यात्रुको नाम, यात्रा कागजातको प्रकार, औँठाको छाप र अनुहारको तस्वीर लगायतका बायोमेट्रिक डाटा र प्रवेश तथा निस्कने मिति र स्थान दर्ता गर्नेछ। प्रणालीले यो डाटा पाँच वर्षको अवधिको लागि भण्डारण गर्नेछ।