
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन् । उनी गत ७ साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले ७० मत प्राप्त गरे ।
उनको विपक्षमा ११ मत परेको सभामुख तुलाराम घर्तीमगरले जानकारी दिए । लुम्बिनी प्रदेशसभामा ८७ जना सदस्य छन् ।
आचार्यलाई नेकपा एमाले, नेपाली कांग्रेससहित जसपाका २, जसपा नेपालका १ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।
उनलाई माओवादी केन्द्र, राप्रपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएनन् । ८७ सांसद रहेको लुम्बिनी प्रदेशभामा बहुमतको लागि ४४ सांसद संख्या चाहिन्छ ।