Latest
अर्को
Prev

माओवादी र समाजवादीलाई विश्वासमा लिएर संविधान संशोधन गर्ने देउवाको दाबी

शेर बहादुर देउवा
सेयर गर्नुहोस

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई पनि विश्वासमा लिएर गर्ने बताएका छन् । 


मंगलबार काठमाडौँमा आयोजित प्रदीप गिरीको दोस्रो स्मृति दिवसमा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै सभापति देउवाले बाहिर हल्ला भएजस्तो कसैको दबाबमा आफूहरू नमिलेको स्पष्ट पर्दै माओवादी र एकीकृत समाजवादीलाई साथमा लिएर अगाडि बढ्ने बताएका हुन् ।


देउवाले भने, ‘ओलीजी र मबीच भएको सहमति सार्वजनिक नै छ, त्यो केही कुरा लुकाउनुपर्ने छैन । सबैसँग सल्लाह गरेर गर्ने कुरा हो । त्यसैले कसैले शंका गर्नुपर्ने छैन । ओलीजीसँग धेरै सोची विचारी गरेको सहमति हो, दुई पार्टी मिले भइहाल्छ नि भन्थे हामीले अरूलाई पनि समेटेका छौं । अरूको खिलाफमा हुँदै होइन ।’


कार्यक्रममा बोल्दै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र एमालेबीच मध्यरात गरेको सम्झौताका कारण आशंका उत्पन्न भएको उल्लेख गर्दै संविधान संशोधन गर्ने नै भए खुला छलफल गर्न आग्रह गरेका थिए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist