नेपाली बजारमा मंगलबार सुनको भाउ सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ । महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ ।
सोमबार छापावाल सुन तोलामा १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार १ लाख ५२ हजार ६ सय रुपैयाँ थियो ।
मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । आइतबार र सोमबार दुई दिनसम्म स्थिर रहेको चाँदीको मूल्य मंगलबार बढेको हो । मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ८ सय २० रुपैयाँ तोकिएको छ । आइतबार र सोमबार चाँदीको प्रतितोला मूल्य १ हजार ८ सय १० रुपैयाँ थियो ।