फिदिम नगरपालिका-७ निवासी धनबहादुर लिम्बू मृत अवस्थामा भेटिएका छन् । स्थानीय लेउती खोल्सामा लडेका उनलाई स्थानीयले सोमबार विहान मृत अवस्थामा भेटेका हुन् ।
६५ वर्षीय उनी आइतबार नजिकैको डाँडागाउँमा आफन्तलाई भेट्न गएका थिए । साँझ अबेरसम्म घर नफर्केपछि उनलाई खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।
उनी गाउँबाट घर फर्किने क्रममा लेउती खोल्साको भीरबाट लडेर मरेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकलाई पाँचथर अस्पतालमा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको पनि प्रहरीले जनाएको छ ।