भक्तपुरको दरवारस्क्वायरस्थित तलेजुबाट साँझ घिन्तागिसी नाच (लठी जुधाएर खेलिने नाच) को प्रदर्शन सुरु भएसँगै यहाँको जात्रा सुरु भएको हो।
गाईजात्राको विशेष दिन भने भोलि मंगलबार हो। विशेष उल्लासकासाथ मंगलबार यहाँ धूमधामकासाथ गाईजात्रा मनाइँदै छ। जात्राको विशेष आकर्षण घिन्तागिसी नाच हो।
भोलि मंगलबारको जात्रा बिहानैबाट सुरु भए पनि भव्य भने दिउँसो हुने गर्दछ। देशभरमै आकर्षक मानिने यहाँको गाईजात्रा हेर्न काठमाडौं उपत्यका र उपत्यका आसपासका हजारौंमा जात्रालुप्रेमी आउने गर्दछन्।