Latest
अर्को
Prev

सरकार भ्रष्टाचार नियन्त्रणका लागि गठन भएको प्रधानमन्त्री ओलीको दाबी

खड्ग प्रसाद ओली (के.पी ओली)
सेयर गर्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको लागि काम गरिरहेका व्यक्तिहरूलाई अपमान गर्न सङ्गठित प्रयास भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले देश विकासमा योगदान नै नभएका केही व्यक्तिहरूले देशको लागि काम गरिरहेका व्यक्तिहरूलाई अपमान गर्न सङ्गठित प्रयास गरिरहेको बताए ।


एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार भ्रष्टाचार नियन्त्रणको लागि गठन भएको बताए । भ्रष्टाचार नियन्त्रणको नाममा सरकारले कुनै स्टन्टबाजी नगर्ने बताए । विगतको सरकारको जस्तो स्टन्टबाजी गरेर भ्रष्टाचार छोप्ने काम आफूले नगर्ने प्रधानमन्त्री ओलीले बताए । सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण गर्न खोजबिन गर्ने र कारबाही गर्ने रहेको बताए । 


भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको आफ्नो नीति समय क्रमसँगै देखिने पनि प्रधानमन्त्री ओलीले बताए । आफूले शून्य सहनशीलताको नीति अवलम्बन गर्दा कसैलाई जोगाउने र कसैलाई फसाउने नीति नलिने स्पष्ट समेत पारे ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist