नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्तित्व रक्षाको लडाइको साना खुद्रा खेलमा अलमलिने पार्टी एमाले नभएको बताएका छन् ।
आइतबार एमाले पार्टी कार्यालय च्यासलमा एमाले केन्द्रीय कमिटीका सदस्यहरूको सपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले आगामी निर्वाचनमा बहुमत आउने गरि तयारी गर्नुपर्ने भन्दै अस्तित्व रक्षाको लडाइको साना खेलमा अल्झन नहुने बताएका हुन् ।
उनले जस्तोसुकै चुनौतीको सामना गरेर भएपनि देशभित्र एमालेलाई बलियो, सशक्त र निर्णायक शक्ति बनाउनुपर्ने धारणा राखे । उनले आफू नेतृत्वको सरकारले देश र जनताको हितलाई असर पर्ने कुनै काम नगर्ने स्पष्ट पारे । अरु दलहरू मोर्चाको खोजीमा रहे पनि एमालेले आफैंभित्र मोर्चा बनाएर अघि बढ्ने उनको भनाइ छ ।
कार्यक्रममा ओलीले केन्द्रीय सदस्यहरू मन्जु शर्मा चालिसे र कुन्दन कुसवाहालाई सपथ ग्रहण गराएका थिए ।