Latest
अर्को
Prev

कपिलवस्तुमा ११ जना एचआईभी संक्रमितको मृत्यु

सेयर गर्नुहोस

अस्पतालको एआरटी सेन्टरमा सम्पर्कमा नबस्ने र औषधि सेवनमा लापरबाहीलगातयका कारणले उनीहरूको मृत्यु भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन क्षयकुष्ठ अधिकृत मोहम्मद इरफानले बताए । एआरटी सेन्टर तौलिहवामा ७ सय ८७ र महाराजगन्जमा १ सय ५० जना एचआईभी संक्रमित दर्ता छन् । तर, तौलिहवामा ४ सय ८९ र महाराजगन्जमा १ सय १७ जनाले मात्र नियमित एआरटी सेवन गर्ने गरेको तथ्यांक छ ।


३ सय ३१ जना सम्पर्कविहीन भएर औषधि समेत खान छाडेका छन् । उनीहरूको खोजी गरिए पनि सम्पर्कमा आउन नचाहेका कारण समस्या परेको उनले बताए । औषधि सेवन नगर्दा उनीहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएर जटिल अवस्थामा पुग्छन् ।


सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालको एआरटी सेन्टरको रेकर्डमा रहेका ७ र महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रको एआरटी सेन्टरको रेकर्डमा रहेका ४ जनाको मृत्यु भएको हो । ४० देखि ४४ वर्ष उमेर समूहका ४, ४५ देखि ४९ उमेर समूहका ४, ५० देखि ५४ उमेरका एक, ५५ देखि ५९ वर्ष उमेरका एक र ६० बढी उमेरका एक जनाको मृत्यु भएको थियो ।


जिल्लामा हालसम्म १ सय ४७ एचआईभी संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । संक्रमितको परीक्षण, उपचार र औषधि सबै निःशुल्क छ । तर, अझै पनि मानसिक डरत्रास, हेयभाव र भेदभावले धेरै संक्रमित खुलेर आउन नसक्दा समस्या परेको छ ।


उपचारका लागि कपिलवस्तु अस्पताल र महाराजगन्जमा एआटी सेन्टर संचालित छन् । सिडीफोर काउन्ट रगत परीक्षण र चाहिने औषधि सेन्टरमै उपलब्ध हुने गरेको तौलिहवा एआरटी सेन्टरकी परामर्शदाता कुसुम थापाले बताइन् । ‘एचआईभी संक्रमितका लागि पहिलेभन्दा अहिले निकै सुविधा छ ।


एआरटी सेन्टरबाटै परामर्श र उपचार सेवा दिने गरेका छौं । कतिपय संक्रमित लामो समयदेखि सम्पर्कविहीन छन् । यसले संक्रमितको ज्यान जोखिममा परेको छ,’ उनले भनिन्, ‘फेला परेका संक्रमित समेत उपचारमा लापरबाही गर्दा समस्या थपिएको छ ।’ जिल्लामा ९ सय ३७ जना संक्रमित दर्ता रहेका छन् तर ६ सय ६० जनाले मात्र एआरटी सेवन गर्दै आएका छन् । जिल्ला एड्स समन्वय समितिले जिल्लामा १ हजार ६ सय संक्रमित रहेको अनुमान गरेको छ ।


रोजगारीका लागि भारत गएका थुप्रै मानिस रहेकाले अनुमानित संख्याभन्दा बढी संक्रमित हुन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । यहाँ पाइएका ९० प्रतिशत बढी रोजगारीका लागि भारत गएका बेला असुरक्षित यौन सम्पर्कबाट संक्रमित भएको स्वास्थ्यकर्मी बताउँछन् । त्यही क्रममा संक्रमित श्रीमान्बाट श्रीमतीमा रोग सरेको बताइन्छ । संक्रमितलाई स्वास्थ्य परीक्षणका लागि सहज स्थिति बनाइए पनि खुलेर आउन नचाहेका कारण समस्या थपिएको स्वास्थ्य कार्यालयका प्रमुख नारायण चौधरीले बताए । ‘अझै पनि थुप्रै संक्रमितहरू लुकेर बसेका छन् । सामाजिक प्रतिष्ठाका कारण उनीहरू खुल्न चाहँदैनन्,’ उनले भने ।


समाजले पनि संक्रमितलाई बाहिर ल्याएर उत्साहित बनाउनु पर्ने र यसका लागि स्थानीय तहले पनि कार्यक्रम बनाउनु पर्ने उनले बताए । पहिलेभन्दा अहिले उपचार, परामर्शलगायतमा धेरै सहज भए पनि अझै धेरै संक्रमित स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहँदा समस्या भएको कपिलवस्तु असपतालका मेडिकल अधिकृत डा. मुकेश चौधरीले बताए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist