Latest
अर्को
Prev

भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारलको विशेष प्याकेज

सेयर गर्नुहोस

भैरहवा र पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सरकारले विशेष प्याकेज ल्याउने भएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ०७९ जेठ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ०७९ पुसमा उद्घाटन गरिए पनि नियमित र व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेकाले सरकारले उडान सञ्चालकलाई प्रोत्साहन गर्न सुविधा र छुटसहितको प्याकेज ल्याउन लागेको हो ।


मन्त्रिपरिषद्ले सोमबार स्वीकृत गरेको पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्ययोजनाअनुसार ती दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ल्यान्डिङ, पार्किङ र नेभिगेसन सेवा उपयोगबापत लिइने शुल्क ५ वर्षसम्म मिनाहा हुनेछ । पर्यटकका लागि भिसा निःशुल्क गर्ने, कार्गो र इन्धनमा सहुलियत दिने, भ्याट र अन्य करमा छुट दिइने पनि कार्ययोजनामा उल्लेख छ ।


दुवै विमानस्थल सञ्चालन गर्न व्यवसायीले दबाब दिएपछि पुष्पकमल दाहाल नेतृत्वको सरकारले गत जेठमा पर्यटन तथा नागरिक उड्डयान र अर्थ मन्त्रालयका प्रतिनिधिसहित प्राधिकरणका निर्देशक बाबुराम पौडेलको संयोजकत्वमा कार्ययोजना बनाउन कार्यदल गठन गरेको थियो ।


अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने सरकारी तथा गैरसरकारी निकायका सेवा सुविधालाई काठमाडौं बाहिरका अन्तर्राष्ट्रिय विमानस्थलमा पनि स्थापित गरी स्तरीय र प्रभावकारी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइनेछ । काठमाडौं विमानस्थल हुँदै नेपाल प्रवेश गर्दा सरकारले भिसा शुल्क उठाउँदै आएको छ । अब भैरहवा र पोखरामा अवतरण हुने विमानबाट आउने विदेशीलाई भिसा शुल्कमा पूर्ण छुट दिइनेछ । ती दुवै विमानस्थलमा विदेशी वायुसेवाको संख्या वृद्धि गर्न परराष्ट्र मन्त्रालय र मातहतका कूटनैतिक नियोगले पहलकदमी लिनुपर्ने उल्लेख छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist