ऋषिङ्ग गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण तथा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणका लागी शिविर चलाउने भएको छ ।
आर्थीक वर्ष २०८१/८२ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागी सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले सम्बन्धीत वडा कार्यालयमा स्वयं उपस्थित भई २०८१ भाद्र मसान्त भित्रमा बायोमेट्रिक प्रणालीमा राष्ट्रिय परिचयपत्रमा दर्ता भए अनुसारको औँठाछापले प्रमाणित गरी नविकरण गर्नपर्ने व्यवस्था रहेको छ ।
यही व्यवस्था बमोजिम अन्य ठाउँमा बसोबास गर्दै आएका लाभग्राहीहरूलाई मध्यनजर गर्दै गाउँपालिकाले वडा नं. १ को कार्यालय, झापुटारमा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण तथा सामाजिक सुरक्षा परिचयपत्र नविकरण तथा सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणका लागी शिविर चलाउन लागेको जानकारी कार्यालयका सूचना अधिकारी सौगात तिमिल्सिनाले जानकारी दिनुभयो ।
शिविर सम्बन्धी सूचना: