Latest
अर्को
Prev

डाक्टरहरूको प्रदर्शन, अज्ञात भीडद्वारा अस्पताल तोडफोड

सेयर गर्नुहोस

भारत कोलकाताको आरजी कर मेडिकल कलेजमा ट्रेनी डाक्टरको बलात्कारपछि हत्याको घटनामा डाक्टरहरूकाे विरोध प्रदर्शनमा १४-१५ अगस्टको मध्यरात भीडले हिंसा मच्चाएको छ । डाक्टरहरूले विरोध प्रदर्शन गरिरहेका बेला अज्ञात भीडले अस्पताल परिसरमा प्रवेश गरी प्रदर्शन स्थल, वाहन र सार्वजनिक सम्पत्ति तोडफोड गरेको हो । 


बीबीसी हिन्दीका अनुसार, कोलाकाता प्रहरीका अनुसार, यो सबै गलत मिडिया क्याम्पेनका कारण भएको हो । यद्यपि, भीडलाई प्रहरीले राति नै तितर-बितर पारेको थियो । 


यसैबीच पश्चिम बंगालको सत्ताधारी पार्टी तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव एवम् लोकसभा सदस्य अभिषेक बनर्जीले आरजी करमा गुण्डागर्दी र बर्बरताले सबै स्वीकार्य सीमाहरू नाघेको बताएका छन् । उनले हिंसाको घटनामा संलग्न मानिसहरूलाई २४ घण्टाभित्र पहिचान गरी कारबाही थालिने प्रतिबद्धता जनाए । 


प्रतिपक्षी दलका नेता शुभेन्दु अधिकारीले आक्रमणकारीहरू तृणमूल कांग्रेसका गुण्डा रहेको आरोप लगाएका छन् । 


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist