मंगलबार रातिदेखिको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अबरूद्व भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अबरुद्ध भएको हो ।
पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको छ । यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अरूद्व भएको छ ।
सडक अबरुद्ध भएपछि काठमाडौ, पोखरा तथा नारायणगढ जाने सवारीसाधनको लाइन लाग्न थालेको प्रहरीले जनाएको छ ।