अविरल बर्षासँगै आएको पहिरोले गुल्मीको मालिकाका गाउँपालिका–२ दर्लिङका ४३ घर विस्थापित भएका छन् । पहिरोको जोखिम बढेपछि मालिका गाउँपालिका–२ दर्लिङ्गका विभिन्न बस्तीका ४३ परिवारले घर छोडिसकेका छन् ।दलित परिवार बसोबास गर्ने दर्लिङ्गको कोसिलाबाँझ, दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गका ४३ घर परिवार बिस्थापित भएका हुन् ।
अहिले बिस्थापित परिवार च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रको भवन, सिद्ध प्रावि र छिमेकीकोमा आश्रय लिएर बसेको मालिका गाउँपालिका–२ का वडाध्यक्ष बिनोद श्रीसले जानकारी दिए ।
श्रीसले आफुहरुले सुरक्षित ठाउँमा बस्न आग्रह गर्ने बाहेकको बिकल्प नभएको बताए । गाउँपालिका अध्यक्ष देविराम अर्यालले करिव चार दर्जन घरपरिवार बिस्थापित, बिद्युत, सडक, खानेपानी, बिद्यालय लगायतका पहिरोले क्षति पुराएकाले केन्द्र र प्रदेशमा समन्वय गरेर काम अगाडी बढाउने बताए ।