Latest
अर्को
Prev

प्रधानमन्त्री ओली : म भ्रष्टाचार गर्दिनँ, कुनै शक्तिसँग पनि झुक्दिनँ

सेयर गर्नुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताएका छन् ।


‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को पदस्थापन र प्रथम क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उनले नेपाललाई अल्प विकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आएको बताए ।


प्रधानमन्त्रीले भने, ‘मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । भोका बालबालिका र मानिसलाई खान र लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन । हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिएँ ।’


प्रधानमन्त्री ओलीले आफू आउँदो असोजको पहिलो साता राष्ट्रसङ्घको महासभामा सहभागी हुन जान लागेको बताए ।


उनले भने, ‘मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो । मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्नसक्छ । अशान्ति मच्चिन सक्छ । त्यसैले मानव अधिकारको रक्षा पहिलो दायित्व हो भन्ने भावनाले सबैले काम गर्नुपर्छ ।’


आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट गर्दै उनले सत्य र मानव सेवामा लाग्ने लायन्सहरुका साथमा अहिलेको सरकार रहने स्पष्ट गरे ।


उनले थपे, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ । म राष्ट्रको सम्पत्ति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ ।’


समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको उल्लेख गर्दै उनले आफूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गालीगलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सही नहुने बताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist