इन्जिनियर्स एशोसिएसनमा एमाले, माओवादी र समाजवादीको संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता
  Latest
अर्को
Prev

इन्जिनियर्स एशोसिएसनमा एमाले, माओवादी र समाजवादीको संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता

सेयर गर्नुहोस

पोखरा,१८ साउन ।


नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेशको निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी निकटका इन्जिनियरले संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन्।
शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा तिन दल निकट इन्जिनियरहरुले संयुक्त उम्मेदवारी दर्ता गराएका हुन् ।


प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन), नेपाल राष्ट्रिय इन्जिनियर संगठन (नियोन) र समाजवादी इन्जिनियरिङ एसोसिएसन (सिन) नेपालको तर्फबाट केन्द्रिय सदस्यमा राम चन्द्र पोखरेलको उम्मेदवारी दर्ता भएको छ ।


त्यस्तै प्रदेश सभापतिमा महेन्द्रबहादुर गोदार, उपसभापतिमा कृष्ण रिजाल, सचिवमा आनन्द भट्टराई, सहसचिवमा अस्मिता खनाल र कोषाध्यक्षमा सोभित श्रेष्ठले उम्मेदवारी दर्ता गराए ।
सदस्यमा मनोजकुमार सिंह, पदमलाल अधिकारी, सुवास शर्मा, सन्जय सुवेदी, कालीदास सापकोटा,प्रदिप अर्याल, विवेक भट्टराई, ईश्वर भण्डारी, सन्जय लामिछाने र सुदर्शन ढकालको उम्मेदवारी परेको छ ।


उमेदवारी दर्ता पश्चात बोल्दै आम इन्जिनियरहरुको पेशागत हकहिको संरक्षण गर्दै नेपाल इन्जिनियर्स एशोसियसनको साख उचो राख्नको लागी प्रगतिशील इन्जिनियरहरुको संयुक्त प्यानलको आवश्यकता परेको र सम्पूर्ण इन्जिनियर साथीहरु अत्याधिक मतका साथ विजय गराउनुहुने बिश्वास सभापति पदका उमेदवार महेन्द्र गोदारले गर्नुभयो ।


नेपाल इन्जिनियर्स एशोसियसन को ३४ औँ केन्द्रिय कार्यसमिति र तेश्रो प्रदेश कार्यसमितिको निर्वाचन आउदो भाद्र २८ गते सम्पन्न हुँदैछ ।


गण्डकी प्रदेशमा जम्मा पन्ध्र सय एकाउन्न मतदाता रहेको जनाकारी सचिब पदका उमेदवार आनन्द भट्टराईले दिनुभयो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist