तनहुँ ६ साउन ।
ऋषिङ्ग गाउँपालिकाका कर्मचारीले शुक्ववार श्रमदान गरेका छन् । आ.व २०८१/८२ को नीति तथा कार्यक्रममा व्यवस्था भए बमोजिम सम्पुर्ण जनप्रतिनिधिहरू र कर्मचारीलाई प्रत्येक महिनाको पहिलो शुक्रबार श्रमदान गर्ने गरी श्रमदानको अभियान सञ्चालन गरिएको गाउपालिकाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले वताए ।
गाउपालिकाकाे निती अनुसार यस आ.व. २०८१/८२को पहिलो शुक्रबार साउन ४ गते बाट श्रमदान अभियानको सुरुभए सगै गाउपालिकामा श्रमदान गर्नुपर्छ भन्ने जागरुक आएकाे र अागमी दिन पनि यसलाइ निरन्तरता दिने प्रमूख प्रशासिकय अधिकृत चिन वहादुर रानाभाटले वताए ।
श्रमदान कार्यक्रममा अध्यक्ष सहित कार्यलयका सवै कर्मचारीकाे सहभागीत रहेकाे सूचना अधिकृचत सौगात तिमिल्सिनाले जानकारी दिए ।