पाेखरा २१ असार ।
पोखरा महानगरपालिका १७ स्थित राष्ट बैंक चोकदेखि मुस्ताङचोक खण्डमा समाजसेवा र वातावरण संरक्षणमा दिनहु खटिने सिताराम दहाललाइ राेटरी कल्व पाेखरा फिस्टेले शुक्रवार पाेखरामा एक कार्यक्रमकाे आयाेजना गरि सम्मान गरेकाे छ।
सडक किनारमा एवम अन्य स्थानहरुमा विभिन्न प्रजातीका फुल तथा जडीवुटीका वाेटविरुवा राेपन तथा संरक्षण गरी वातवरणीय पर्यवरण सवर्धनमा पुर्याउनुभएकाे याेगदानकाे उच्च कदर स्वरुप सम्मान गरिएकाे डिष्ट्रक्ट ३२९२ डि गभर्नर विनाेद काेइरालले वताउनुभयाे ।
साे अवसरमा सम्मानित व्यक्तित्व दहालले यस किसिमकाे सम्मानले वातवरणीय पर्यवरण क्षेत्रमा काम गर्न थप हौसला हुने वताएका थिए । पोखराको हरियाली जोगाउन हमेसा तत्पर हुने र राष्ट्र बैंक चोक नजिकै बस्ने भएकाले खाली जग्गा सो क्षेत्रको हरियालीमा खटिएकाे वताए ।

आफूले हर्रो, बर्रो, श्रीखण्ड, कपुर, शिव फूल, रक्तचन्दन, सीताअशोक, लप्सी, गुल्मोहर, बेलपत्र, पलास, सतीसाल, रामफल, वरपिपल, स्वामी, सिप्लीकान लगायत विभिन्न जातका फूल, जडीबुटी वनस्पती लगाएको उनले बताए । ‘मैले यहाँ जडीबुटीजन्य बिरुवा लगाएको छु उनले भने, ‘रोपेर छोडेर मात्र भएन भनी गोडमेल र मलजल गरिरहेको छु ।
श्रमदानको मुख्य उद्देश्य भनेकै वातावरण संरक्षण भएको उनी सुनाउँछन् । ‘जलवायु परिवर्तनले पारेको असरमा केही भए पनि राहत दिनु मुख्य उद्देश्य हो,’ उनले भने

यो कार्यबाट पोखराको पर्यटनसँगै जलवायु परिवर्तनमा परिरहेको नकारात्मक असर केही कम गर्न सहयोग पुगेको उनको विश्वास छ । सार्वजनिक ठाउँका बिरुवा स्याहारले पोखराको प्राकृतिक सौन्दर्य कायम राख्न, हरियाली, सफा, सुन्दर पोखरा बनाउन यो अभियान सहयोगी हुने उनले बताए । यस अघि निजामती कर्मचारी युनियन कास्कीकाे एक कार्यक्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेवाट समेत सम्मानित भैसकेका छन् ।