Latest
अर्को
Prev

फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस

पोखरा असार १५


पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरले शनिवार एक कार्यक्रमकाे अायाेजना गरी अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १ महिने उद्घोषण तथा भाषणकला तालिम सहभागी भएका ३० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र गरिएकाे थिएाे ।


कार्यक्रममा बोल्दै तालिमा प्रमुख प्रशिक्षक तथा ट्रेनिङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीले २०७७ सालमा स्थापना भएको सस्थाले शुरुमा निकै चुनौतिको सामना गरे पनि अहिले सहज रुपमा सहभागिहरु सिक्नको लागि आउने गरेको बताउनुभयो ।


उहाँले तालिम लिनको लागि सबै उमेर समुहको सहभागिता हुने गरेको उल्लेख गर्नुभयो । उहाँले तालिम दिनको लागि मात्रै नभई ब्यबाहारिक रुपमा समेत पुर्णरुपमा उपयोगि हुने वताउनुभयो ।


कार्यक्रमका प्रमुख अतिथि नेपाली लोक संस्कृतिमा बिद्याबारिधी गर्नुभएका डा. तुलसीराम खनालले कुनै पनि कुरा सिक्नको लागि तत्परता हुनुपर्ने बताउनुभयो । उहाँले सिक्ने ब्यक्तिमा अध्ययनहुुनुपर्ने बताउदै तालिममा सिकेको कुरालाई ब्यबाहारमा ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा इन्सेक गण्डकी प्रदेश प्रमुख शिब खकुरेलले तालिमले ज्ञान,सिप र धारणमा परिर्वतन ल्याउने कुरामा जाेड दिनुभयाे ।


यस्तै कार्यक्रममा प्रशिक्षार्थी कृष्णचन्द्र न्यौपाने,बसन्त शर्मा,रुपेश जैसवाल, सिता सुवेदी लगायतले १ महिनकाे सिकाई अनुभवको बारेमा बोल्नुभएको थियो ।कार्यक्रममा टेर्निङ्ग सेन्टरका सञ्चालक बिनोद पाहारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन र समापन सहित अनुभव मन्तव्य प्रशिक्षार्थी अनिल सुवेदीले गर्नुभएको थियो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist