Latest
अर्को
Prev

एक्स डिजाे एकेडेमिमा विद्यार्थीहरु दिक्षित

सेयर गर्नुहोस


पाेखरा १५ असार ।


दिपिन थापा,


पाेखराकाे रत्नचाेमा रहेकाे एक्स डिजाे एकेडेमिमा शनिवार एक कार्यक्रमकाे आयाेजना गरी करिव ४५ जना विद्यार्थीहरु दिक्षित भएका छन् । दिक्षित समाराेहमा प्रमूख अतिथी जनप्रिय बहुमुखी क्यामपसका वि.वि.ए / वि. आइ. एम कार्यक्रमका काेडिनेटर यम कुमार बरालले एक्काइसौ सताव्दीमा टेक्नाेलाेजीलाइ भरपुर रुपमा उपयाेग गर्न सुझाव दिएका छन् । उनले भने यदि विद्यार्थीहरुलाई आइटी क्षेत्र प्रेरित गर्ने हो भने एक्काइसौ सताव्दीमा विद्यार्थीहरुले टेक्नाेलाेजीकाे प्रयोग गर्दै नयाँ सिर्जनात्मक काम गर्न सक्छन। विद्यार्थीहरुलाई आइटी क्षेत्रमा प्रेरित गर्दै प्रविधियुक्त तालिम तथा विद्यार्थीहरुको मनोबललाई आइटी क्षेत्रमा उच्च गराउदै आएकोमा एक्स डिजाेलाइ धन्यवाद व्यक्त गरेका थिए।


कार्यक्रममा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसका वि. आइ. एम कार्यक्रमका काेडिनेटर सुरेस बरालले भने, आइटीको माग संगै विद्यार्थीहरुले आइटी क्षेत्रको सीपलाई अझ बलियो बनाउन विद्यार्थीहरुले आइटी सम्बन्धि खोज तथा अनुसन्धान गर्नु पर्छ, जसले गर्दा विद्यार्थीहरुले अहिलेको प्रविधिको युगमा आफ्नो पहुच प्रविधिसम्म पुर्याउन सक्छन् । बरालले एक्स डिजाेलाइ आइटी क्षेत्रमा विद्यार्थीहरुलाई इन्टनसीप तथा प्रविधि सम्बन्धि तालिम दिएकोमा धन्यवाद व्यक्त गरेका थिए।


कार्यक्रममा कृष्णचन्द्र न्यौपाने, संगम गिरी लगायतले शुभकामना व्यक्त गरेका थिए । दिक्षित समाराेहमा दिक्षित भएका विद्यार्थिले ३ महिने अवधिमा आफुले सिकेकाे विषयमा अनुभव सहितकाे मन्तव्य समेत दिएका थिए । दिक्षित भएका विद्यार्थिलाइ प्रमाणपत्र समेत प्रदान गरिएकाे थिए ।


एक्स डिजाेले बिगत ४ बर्ष देखी विभिन्न किसिमका आइटी कोर्षहरु संचालन गर्दै आइरहेको छ। संगै ३ महिने इन्टनसीप पनि दिदै आइरहेको छ। विद्यार्थीहरुलाइ प्रत्यक्ष रुपमा सीप विकासमा जोड दिनका लागी २ महिने कोर्ष सकिए पछि ३ महिने इन्टनसीप पनि दिदै आएको छ।


इन्टनसीपमा विद्यार्थीहरुले खोज अनुसन्धान र सुप्र्भाइजरको सहयोग मार्फत आफ्नो सीपलाइ अझ सहज, गुणस्तरीय सिकाई, अबल र बलियो बनाउने गर्दछन। जसले गर्दा आइटीको माग अनुसारको सीपमा जोड पुग्दछ भने विद्यार्थीहरुको भबिष्यलाइ आइटी क्षेत्रमा नयाँ दिशा तिर प्रेरित गर्दछ। हाल सम्म एक्स डिजाेले २००० भन्दा बढी विद्यार्थीहरुलाइ आइटी कोर्ष दिईसकेको भने ३५ जना भन्दा बढी अहिले बिभिन्न कोर्षहरु पढीरहेका छन्। ५० जना भन्दा बढीले विभिन्न डिपार्टमेन्टमा इन्टनसीप गरेकाे एक्स डिजाे एकेडेमिका प्रबन्ध निर्देशक डम्मर खडायत वताए ।


बिगत ४ बर्ष देखी विभिन्न किसिमका आइटी कोर्षहरु संचालन गर्दै आइरहेको छ ग्राफिक डिजाइन कोर्ष , वेब डिजाइन एण्ड देब्लब्मेंट कोर्ष , पी एच पी लाराभेल कोर्ष , पाइथुन ज्याङ्गो कोर्ष , डिजिटल मार्केटिङ कोर्ष , एस सी व कोर्ष , युआइ / युएक्स डिजाइन कोर्ष आदि रहेका छन्। सं-सगै ३ महिने इन्टनसीप तालिम पनि दिदै आइरहेको छ। समेत खडायतले जानकारी दिए ।


एक्स डिजाे एकेडेमिका प्रबन्ध निर्देशक डम्मर खडायतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा एक्स डिजाे एकेडेमिका सिइओ दिनेस थापाले अनलाइन माध्यमवाट शुभकामना सन्देश व्यक्त्त गरेका थिए भने स्वागत मन्तव्य जेरुसा लम्सालले र कार्यक्रमकाे सञ्चालन कट्रिना वस्नेतले गरेकि थिइन ।



.


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist