Latest
अर्को
Prev

माओवादीको कारबाहीविरुद्ध सांसद देवकोटाले दिए सर्वोच्चमा रिट

सेयर गर्नुहोस

काठमाडौँ । माओवादी केन्द्रले ह्विप उल्लंघन गरेको भन्दै कारबाही गरेपिछि गण्डकी प्रदेश सभा सदस्य तथा नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा सर्वोच्च अदालतमा रिट दिन पुगेका छन् ।


माओवादी संसदीय दलको निर्णयविरुद्ध देवकोटाले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई २८ जेठमा विश्वासको मत दिएका थिए । त्यसपछि माओवादी केन्द्रले उनलाई ह्विप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । माओवादीको कारबाही गर्ने निर्णय ३२ जेठमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पढेर सुनाएपछि देवकोटा पदमुक्त भएका थिए ।


देवकोटाले बिहीबार सर्वोच्चमा दायर रिटमा आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख धितालले प्रदेशसभामा वाचन गरेको पत्र खारेज गर्न माग गरेका छन् । ‘नेपाल समाजवादी पार्टीको प्रदेश सभा सदस्यको हैसियतले कार्य गर्न दिनु भनी परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी मौलिक र कानूनी हक प्रचलन गरी न्याय दिलाई पाऊँ,’ देवकोटाले रिटमा भनेका छन् ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist