आइसिसी टि-२० विश्वकप २०२४ मा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । नेपाल बंगलादेशसँग आइतबार २१ रनले पराजित भएको हो ।यो पराजय संगै १० वर्षपछी सहभागिता जनाएको विश्वकपमा कुनैपनी जित निकाल्न नसकी नेपाल बाहिरिएको छ ।
नेपाल श्रीलंका,दक्षिण अफ्रीका,नेदरल्याण्ड र बंगलादेश सम्मिलित ग्रुप डी मा रहेको थियो । कम्तिमा सुपर आठमा पुग्ने लक्षका साथ विश्वकपमा सहभागिता जनाएको नेपालले नेदरल्याण्ड,दक्षिण अफ्रीका र बंगलादेश संग हार व्योहोरेको थियो भने श्रीलंका संगको खेल बर्षाको कारण रद्द भएको थियो ।
बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमा समेटियो । हार बेहोरेसंगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरुद्ध जित हासिल गर्नबाट चुकेको छ । बंगलादेश भने सुपर एटमा प्रवेश गरेको छ ।
अघिल्लो खेलमा पनि नेपालले दक्षिण अफ्रिकालाई एक सय १५ रनमा सिमित गरेर पनि जित हात पार्न सकेको थिएन। सो खेलमा नेपाल एक रनले पराजित भएको थियो। नेपालले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म टेस्ट मान्यताप्राप्त टोलीलाई हराउन सकेको छैन।
सन्दिपको १०० विकेट पुरा
नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० आई क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै १०० पूरा गरेका हुन् ।

योसँगै उनी टी२० आई क्रिकेटमा छोटो एक सय विकेट पूरा गर्ने दोस्रो खेलाडी बनेका छन् । उनले ५४ टी -२० आई खेलमा १०० विकेट पूरा गरेका हुन् । छिटो १०० विकेट पूरा गर्ने खेलाडीको सुचीको पहिलो स्थानमा अफगानिस्तानका रसिद खानको नाममा छ ।
उनले ५३ खेलमा एक सय विकेट पूरा गरेका थिए । सन्दीप टी -२० आई क्रिकेटमा १०० विकेट विकेट पूरा गर्ने पहिलो नेपाली बनेका छन् ।बलात्कारको आरोप खेपेर लामो समयदेखि लडिरहेको लामिछानेले एउटा नयाँ इतिहास रच्न सफल भएका छन् ।






