Latest
अर्को
Prev

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन किरण बिमा योजना उपहार

सेयर गर्नुहोस

असार १ पाेखरा ।


सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहना सदैव आमा बुबाले राखेका हुन्छन् साेही अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन किरण जिवन बिमा योजना उपहार शुरू भएकाे छ । अामा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ ।


सोहि अनुरुप बिहिवार पोखरा १० का बाबा राम श्रेष्ठ र बसन्ता के.सी. श्रेष्ठले आफ्नो छोरा प्रनिश श्रेष्ठको पास्नि शुभ अन्नप्राशनमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन किरण जिवन बिमा योजना उपहार प्रदान गरेका हुन् ।


उक्त बीमा योजना कम्पनीको बगर शाखाबाट जारी गरिएको कम्पनिका बगर शाखा प्रमुख अनोज खनालले वताए । आफ्नो दैनिक जीवनमा हुने खर्चलाई बचाएर गरेको यस जीवन किरण जीवन बीमा योजना अन्तर्गत बच्चा र प्रस्तावक (ममि) दुवैको जोखिम बहन हुनुका साथै बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बोनस भुक्तानीको सुविधाका साथै घातक रोग विरुद्धको आर्थिक सुरक्षाको लाभ रहेकाे खनालले वताए ।


उक्त बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्ने र सो पश्चात पाउने रकम छोराको उच्च शिक्षामा सहयोग हुने भएकोले दोहोरो सुरक्षाको महसुस गरेको कुरा श्रेष्ठ दम्पतीले वताए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist