३१ जेठ, तनहुँ । बन्दीपुर केबलकार आजदेखि संचालनमा आएकाे छ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकलाई मध्यनजर गरी निर्माण गरिएको केबलकार बिहिबारदेखि व्यवसायिक रुपमा संचालनमा आएकाे हो ।
बन्दीपुर केबलकारलाई अन्तराष्ट्रिय प्रबिधि तथा सुरक्षा गुणस्तर परिक्षण प्रमाणपत्र, (टियुभी सर्टिफिकेट) प्राप्त भएपछि संचालनमा आएकाे कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । २०८१ बैशाख १ गतेदेखि नै आंशिक रुपमा संचालनमा आएको उक्त केबलकार जेठ ३१ गतेबाट भने व्यवसायिक रुपमा संचालन भएकाे छ ।
बन्दीपुर गाउँपालिका–४ को डुम्रेबजार नजिकै केबलकार चोकबाट मन्दिरसम्म एक हजार सात सय मिटर दूरी ७ मिनेटमा पार गर्न सकिने कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार केबलकारको ३१ डिब्बामध्ये २१ वटाले यात्रु बोक्नेछन् भने अन्यले सामग्री ढुवानी गर्नेछन् ।
दैनिक बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन गर्ने गरी केबलकार चलाइएको हो । बन्दीपुर नेपालको कान्छो केबलकार बनेको छ ।यसअघि मनकामना, चन्द्रागिरि, पोखरा, बुटवल, दोलखा, नवलपरासीमा केबलकार सञ्चालनमा आइसकेको