Latest
अर्को
Prev

मुग्लिन–पोखरा सडकखण्डको पोल सार्ने काम ६० प्रतिशत पूरा

सेयर गर्नुहोस

तनहुँ, जेठ ३० । मुग्लिन–पोखरा सडकखण्डकाको विस्तार गर्ने काममा बिजुलीको पोल सार्ने कामले गति लिन थालेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतका पोलहरू हटाउन थालेपछि विस्तारको काम गर्न सहज भएको छ ।


सडक खण्ड अन्तर्गतका संरचनाहरू हटाउने क्रममा तनहुँ वितरण केन्द्रले आफ्नो क्षेत्र बिजुलीका पोल धमाधम हटाएर नयाँ राखिरहेको छ । पहिला सुस्त गतिमा पोल स्थानान्तरण हुँदा प्रभावित भएकोमा हाल तीव्र रूपमा काम हुँदा तनहुँ क्षेत्रमा काम गर्न सहज भएको पृथ्वीराजमार्ग विस्तार पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले बताए ।  पुरानो पोल हटाएर नयाँ संरचना बनाऊ काम हालसम्म ६० प्रतिशत सकिएको तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीले जानकारी दिए ।


नयाँ पोल राख्ने तथा प्रसारण लाइन सुधार अन्तर्गत ९६ करोड रुपियाँ लागतमा पोल सार्ने काम भइरहेको छ । ५२ करोड रुपियाँ सडक विस्तार आयोजनाको र बाँकी रकम नेपाल विद्युत प्राधिकरणको लागतमा भइरहेको छ । पहिला ११ मिटर अग्लो पोल भएकोमा हाल १३ मिटर अग्लो पोल राखिएको छ । 


तनहुँ वितरण अन्तर्गतको दुई खण्डका विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि गुणवादीसम्म झन्कार जेविले र थर्पुदेखि मनहरी सम्म विडारी कन्स्ट्रक्सने गरिरहेको छ। एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार आयोजना अन्तर्गत नेपालका दुई ठुला सहर-काठमाडौँ र पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तीमा चार लेनको बनाउने कार्य भइरहेको छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist