तनहुँ २८ जेठ ।
आमा बुबाको लागि आफ्ना सन्तान प्राण भन्दा पनि प्यारो हुन्छ पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ । सन्ततिको सुनौलो र उज्ज्वल भविष्यको चाहना सदैव आमा बुबाले राखेका हुन्छन् । सोहि इच्छा अनुरुप पालुङटार न.पा-५ -निवासी बाबा सुर्यकुमार श्रेस्ठ र ममि आइष्मा श्रेष्ठले आफ्नो छोरा एरिक श्रेष्ठको पास्नि/शुभ अन्नप्राशनमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको जीवन किरण जिवन बिमा योजना उपहार कम्पनिका प्रतिनिधि र आफन्तजनहरुको रोहवरमा प्रदान गरेका हुन् ।
उक्त बीमा योजना कम्पनीको दमौली शाखाबाट जारी गरिएको हो । आफ्नो दैनिक जीवन हुने खर्चलाई थोरै थोरै बचाएर गरेकोयस जीवन किरण जीवन बीमा योजना अन्तर्गत बच्चा र प्रस्तावक दुवैको जोखिम बहन हुनुका साथै बीमा अवधि समाप्तिमा बीमाङ्क रकम र बोनस भुक्तानीको सुविधाका साथै घातक रोग विरुद्धको आर्थिक सुरक्षाको लाभहरु रहेका छन् ।
उक्त बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्ने र सो पश्चात पाउने रकम छोराको उच्च शिक्षामा सहयोग हुने भएकोले दोहोरो सुरक्षाको महसुस गरेको कुरा बुबा सुर्यकुमार श्रेष्ठ र ममि आइष्मा श्रेष्ठले जानकारी गराए ।