Latest
अर्को
Prev

गण्डकीमा ‘फ्लोर क्रस’, मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

सेयर गर्नुहोस

२८ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वास मत प्राप्त गरेका छन्। सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए।


माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेका छन् । 


सभामुख कृष्ण धितालका अनुसार सोमबारको प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए। मुख्यमन्त्री पाण्डेले राखेको प्रस्तावको पक्षमा ३१ सांसद र विपक्षमा २८ सांसदले मतदान गरेका थिए।


माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।संसदीय दलका नेता हरिबहादुर चुमानले संसदमा बोल्दै देवकोटा प्रदेशसभामा माओवादी सांसदकै हैसियतमा रहेकाले ह्विप उल्लंघन गर्न नमिल्ने बताएका थिए ।तर देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि विपक्षी सांसदले केहीबेर नारावाजी गरेका थिए


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist