Latest
अर्को
Prev

गण्डकीका मुख्यमन्त्री अधिकारी पदमुक्त, पाण्डेलाई ४८ घण्टा भित्र मुख्यमन्त्रीमा नियुक्ति गर्न परमादेश

सेयर गर्नुहोस

१४ जेठ, पोखरा  ।


सर्वोच्च अदालतले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीको नियुक्ति र उनले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको छ।खगराज अधिकारी विश्वासको मत पाउन नसकेर पदमुक्त भएको भन्दै सर्वोच्चले यो आदेश पाएको ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) बमोजिम प्रदेशसभाको ठूलो दलको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको छ ।


अधिकारी नेतृत्वको सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले रिट जारी गरेको हो ।  अदालतको संक्षिप्त आदेश आउन बाँकी रहेकाले कुन कुन प्रक्रिया बदर भएको हो खुल्न बाँकी छ ।


तर माग अनुसारकै रिट जारी भएको छ ।नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले दायर गरेको रिटमा अघिल्लो सातादेखि बहस भइरहेको थियो ।


मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै बदरको माग रिटमा गरिएको थियो ।६० सदस्य प्रदेश सभामा ३० जनाले मत दिँदा सभामुखले बहुमत पुगेको घोषणा गरेपछि उक्त निर्णय बदर हुनुपर्ने माग गर्दै रिट दायर भएको थियो ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist