तनहुँ, जेठ २ ।
२०७९ को स्थानीय तहको निर्वाचन भएको २ वर्षपछि उच्च अदालत पोखराले व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना गर्न आदेश दिएकाे छ । यसले व्यास नगरपालिकाको मेयरमा मतगणना पछिकाे नतिजा के हुने भन्ने सर्वाधिक चासाेकाे विषय वनेकाे छ।
२०७९ वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पराजित भएपछि कैचि चिन्ह लिएका मेयरका उमेदवार दिपक राज जोशीले उच्च अदालत पोखरामा दिएको रिटको पक्षमा मंगलबार आदेश भएको हो।
नेकपा एमालेको समर्थनमा कांग्रेसका पूर्व महामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीलाई हराउँदै नेपाली कांग्रेसका वैकुण्ठ न्यौपाने दोस्रो पटक व्यास नगरपालिकाको मेयरमा विजयी भएका थिए । निवाचनमा धाँदली भएको भन्दै जोशीले उच्च उदालत पोखरामा मुद्दा हालेका थिए ।
काङ्ग्रेससँग असन्तुष्ट बनेका पूर्व महामन्त्री गोविन्दराज जोशीले आफ्नो राजनीतिक विरासत फर्काउन एमालेलाई साथमा लिएर छोरा दीपकराज जोशीलाई मेयरको उम्मेदवार बनाएका थिए।
अदालतका न्यायाधीश राजन प्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको इजलासले पुन मतगणना गर्न आदेश दिएको हो। नम्बर १ देखि ८ सम्म जितेको परिणाम सुनाइएको र वडा नम्बर ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो पक्षमा परिणाम निकालेको उनको आरोप छ।
मेयरको उम्मेदवार बनेका दीपकराज जोशीले कांग्रेसका बैकुण्ठ न्यौपानेसंग २ सय ५२ मतान्तरले पराजित भएका थिए । अदालतको निर्णयसंगै मेयरका प्रत्यासी दिपकराज जोशीले व्यास- ८ गाविस भवन रिस्ती मतदान केन्द्रमा आफू माथि हमला गरि एकलौटी रूपमा धादलि गरिएको र पुनः मतगणना हुने अदालतको फैसलाले आफू उत्साहित भएको बताए । मेयर न्याैपानेले भने आदेश अध्ययन गरेपछि सर्वोच्चमा पुनरावेदन गर्न जान सकिने वताए ।’