जेठ, काठमाडौ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सहकारीको बचत अपचलन र गिरीबन्धु टी-इस्टेटमा भएको नीतिगत भ्रष्टाचारमा संलग्न रहेकाहरूमाथि कानुनी कारबाहीको माग गर्दै प्रदर्शन गरेको छ। नेविसंघ त्रिचन्द्र क्याम्पसले बुधबार बिहान काठमाडौंको घण्टाघरअगाडि प्रदर्शन गरेका हुन्।
नेविसंघ नेता गोविन्द कोइरालाले सहकारीमा नागरिकहरूले गरेको बचत अपचलन, ठगी र दुरूपयोग भए पनि सरकार गम्भीर नभएकोले प्रदर्शन गरेको बताए।