Latest
अर्को
Prev

श्रमिक दिवसमा अवसरमा इट्टा उद्योगका कामदारका बालबालिकालाई शैक्षिक सामग्री प्रदान

सेयर गर्नुहोस

१९ वैशाख, तनहुँ । मजदुर दिवसको अवसरमा इट्टा उद्योगका कामदारका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान १३५ औं विश्व मजदुर दिवसको अवसरमा म्याग्दे गाउँपालिका २ स्थित माछापुछ्रे इटा उद्योगका कामदारका २६ जना विद्यालय जाने बालबालिकाहरूलाई शैक्षिक सामाग्री प्रदान गरिएको हो ।


नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पौडेलले बालबालिकाहरूको लागि दैनिक रुपमा आवश्यक पर्ने शैक्षिक सामग्रीले उनीहरूको पठनपाठनमा सहज हुने बताए । उनले मजदुर दिवसको उपलक्ष्यमा श्रमको श्रद्धा गरौ, श्रमिक एकता कायम गर्दै श्रमिक अधिकारका लागि सबै लागौं भन्दै श्रमिक दिवसको शुभकामना व्यक्त गरे ।


एकीकृत हरित विकास नेपालको आयोजना तथा अम्ब्रेला फाउन्डेसनको सहयोगमा उक्त उद्योगमा काम गर्ने कामदारका विद्यालय जाने बालबालिकाहरूलाई झोलासहित कपी, कलम, सिसा कलम, जोमेट्री बक्स, पेन्सिल, क्यालकुलेटर, एटलस ,कलर बक्स समेत प्रति विद्यार्थी करिब दुई हजार पाँच सयका दरले पर्नेगरी उक्त सामग्री वितरण गरिएको हो।


माछापुछ्रे इट्टा उद्योगका सभापति हर्क बहादुर गुरुङले शैक्षिक सामग्रीले बच्चाहरूलाई दैनिक रुपमा बाआमासँग शैक्षिक सामग्रीको लागि पैसा मागिरहनुपर्ने अवस्थाको अन्त्य गरेको र आफूलाई आवश्यक परेका सामग्रीहरू यस संस्थाले उपलब्ध गराएकोमा बालबालिकाहरूको पढाइलाई निरन्तरता दिन सहयोग पुग्ने बताए ।


संस्थाका अध्यक्ष कमलहरी जिसीले मजदुर दिवसको अवसर पारी  कामदारका विद्यार्थीहरूलाई वितरण गर्ने गरी सामान उपलब्ध गराउने अम्ब्रेला फाउन्डेसन तथा सो कार्यमा समन्वय गर्नुहुने सुरेश पण्डितलाइ हार्दिक धन्यवाद ज्ञापन गरे ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist