पोखरा १ वैशाख ।
गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले कर्मचारीले सुशासनको पक्षमा, नागरिककाे हित हुने गरि काम गर्नुपर्ने वताएका छन् । शुक्रवार नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश समितिद्वारा आयोजित सुशासनको लागि युनियन कर्मीहरूकाे, नेतृत्व विकास , भित्ते पात्राे विमाेचन तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता समेत रहेका सुवेदीले नागरिकलाइ छिटाे छरिताे हुने गरि सेवा प्रदान गर्न र जनताको बीचमा कर्मचारी प्रती रहेकाे भ्रम निवारण गरि युनियनकाे नेतृत्वमा रहेकाले योजना ल्याउनु पर्नेमा जोड दिएका थिए ।
नेता सुवेदीले वर्तमान अवस्थामा लिडर कस्तो हुनुपर्छ, आधुनिक जीवन पद्धति र प्रविधिलाई उपयोग गर्ने विधि लगायत विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय गण्डकी प्रदेशका सचिव तिर्थ भट्टराइले सु सासन र ट्रेड युनियनकाे भूमिका विषयमा कर्मचारीहरूमा अनुशासन, निर्णय गर्ने क्षमता, सहयोगी भावना, हुनुपर्नेमा सहभागीहरूलाइ प्रशिक्षण समेत दिएका थिए ।
निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष उत्तम कटुवालले नेपाली कांग्रेसले कर्मचारीलाई बुझ्न नसकेको र लोकतन्त्र बचाउन निजामती विधेयक आवश्यक पर्ने बताउँदै युनियनको विरोधमा बोल्ने सांसदलाई कांग्रेसले कुनै जवाफ नदिँदा कांग्रेसको भूमिका प्रति शंका मान्नु पर्ने अवस्था आएको बताए ।
कर्मचारी युनियन गण्डकी प्रदेशका अध्यक्ष दिपक रेग्मीले कर्मचारीहरू समाजकाे वाैदिक वर्ग भएकाले नागरिककाे समस्य वुझेर सेवा प्रवाह गर्नुपर्ने र राजनितिक नेतृत्व र प्रशासनिक नेतृत्व मिलेर काम गरेमा मात्र कर्मचारीहरूकाे गिरेकाे साखलाइ माथी उठाउन सकिने वताए । कार्यक्रममा नेपाली केन्द्रीय सदस्य गुरू वारलले कास्की काग्रेसका निष्ठवान नेता खेमराज पाैडेलकाे निधनमा समावेदन मात्र प्रकट गरेका थिए । लामाे समय घाँटीकाे क्यानसर वाट पिडित नेता पाैडेलकाे शुक्रवार निधन भएकाे थिएाे । कार्यक्रममा गण्डकी प्रदेश लाेक सेवा आयाेगका सचिव ऋषीराम तिवारी कास्कि काग्रेसका सहसचिव नविन सिग्देल, शंकर ढुंगाना, निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य चित्रा ढकाल लगायतले शुभकामना दिएका थिए ।
कालावाङ घडेरी होमस्टेमा आयाेजित २ दिने प्रशिक्षण कार्यक्रममा करिव ७० जना युनियन कर्मिहरुकाे सहभागिता रहेकाे थिएाे । कार्यक्रममा युनियनका काेषाध्यक्ष राजन तिमिल्सिनाले स्वागत मन्तव्य र कार्यक्रमकाे सञ्चालन नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेशका सचिव टेकनारायण सुवेदीले गरेका थिए ।