काठमाडौँ, चैत २७ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास र सुशासन प्रवर्द्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्ने बताएका छन् ।
चतराधाममा मंगलवारदेखि शुरू भएको १२ वर्षे कुम्भ मेलाको उद्घाटन कार्यक्रममा उनले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवर्द्धन गर्न सबैको एउटै गठबन्धन हुनुपर्ने बताएका हुन् ।उनको सम्मानमा गरिएको नागरिक अभिनन्दन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निमुखा जनताको निर्वाध स्वतन्त्रता उपयोग गर्न पाउनुपर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको दर्शनलाई सबैले आत्मसाथ गर्न आग्रह गरे ।
कुम्भ प्रारम्भ भएको आजको यो पवित्र दिनले गणतन्त्रले बोकेको दर्शनलाई सार्थक रूप दिन हामी सबैलाई उत्प्रेरणा मिलोस् भन्ने कामना समेत राष्ट्रपतिले गरे।