२७ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने क्रममा भद्रकालीबाट शाही लगायत केही कार्यकर्ता पक्राउ परेका हुन् ।
प्रहरीले राप्रपाको आन्दोलनमा बल प्रयोग गरिरहेको छ । प्रहरीको बल प्रयोगबाट एक कार्यकर्ता गम्भीर घाइते भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।