२७ चैत, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रदर्शनका क्रममा आइतबार काठमाडौँमा झडप भएको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । केहीबेरको झडपपछि अहिले स्थिति सामान्य बन्दै गएको छ ।
यसैबिच पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र लगायत निषेधित क्षेत्रको सडकमा बसेर विरोध जनाएका छन् ।