तनहुँ १५ चैत ।
ऋषिङ्ग गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायता सामग्री वितरण गरेको छ । विहिवार गाउँपालिकामा एक कार्यक्रमककाे आयाेजना गरि साे सामाग्री वितरण गरिएकाे हाे ।
अपाङ्गता भएका विभिन्न व्यक्तिहरूलाई आवश्यक सहायता सामाग्री उपलब्ध गराएर जीवनस्तरमा सुधार ल्याउने र गाउँपालिकाको यो प्रयासले समावेशीताप्रतिको प्रतिबद्धता सबैको आवश्यकता भन्दै स्रोतसाधनमा पहुँच सुनिश्चितता गर्ने प्रतिबद्धता राखी वितरण गरिएकाे गाउँपालिकाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले वताए ।

गाउँपालिकाका चार जना अपाङ्गता भएका व्यक्तिहरूले सहयोग सामग्री प्राप्त गरेका हुन् । दुईवटा सेतो छडी, लाठी , ह्वीलचेयर, शौचालय ,कुर्सी, वितरण गरिएकाे प्रमुख प्रशासिकय अधिकृत चिन वहादुर रानाभाटले वताए । आगामी दिनमा थप सहायता सम्बन्धी विवरण सम्बन्धित वडाहरूबाट सिफारिस सहित प्राप्त गरेपछि, थप सामग्रीहरू वितरण गर्ने गाउँपालिकाको योजना रहेको रानाभाटले वताए।