Latest
अर्को
Prev

एमाले कास्कीकाे अध्यक्षमा अधिकारी विजयी

सेयर गर्नुहोस

पाेखरा १४ चैत्र ।


नेपाल कम्युनिष्ट पार्टी(एमाले)कास्कीको ११ औँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन् ।


चैत १० गतेदेखी पोखरामा सुरु भएको अधिवेशनको आज सम्पन्न मतगणनामा अधिकारीले पाँच सय ५१ मत ल्याइ विजयी हुनुभयो । उहाँका प्रत्याशी माधव बास्तोलाले तीन सय ४७ मत ल्याउनुभयो । अधिकारी दुई सय चार मतान्तरले विजयी हुनुभएको हो । यसैगरी अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले १७ मत ल्याउनुभयो ।


एमाले कास्कीको अधिवेशनमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी निकटका दूई समूहले प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा निर्वाचित अधिकारी खगराज तथा बास्तोलालाई गुरुङ पक्षका हुनुहुन्छ । खगराज समूहले कास्कीमा अध्यक्ष सहित पदाधिकारी सबैमा जित हासिल गरेको छ ।


उपाध्यक्षमा भेषराज बराल पाँच सय २७ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रत्याशी शिवप्रसाद आचार्यले तीन सय ८८ मत पाउनुभयो । यसैगरी सचिवमा दर्शन लामाले पाँच सय ९५ मत प्राप्त गर्दा प्रत्याशी सुरेन्द्र गुरुङले तीन सय २० मत ल्याउनुभयो ।


उपसचिवमा लालबहादुर परियार र सन्तुदेवी सुवेदी विजयी हुनुभयो । परियारले पाँच सय ८१ र सुवेदीले पाँच सय १० मत प्राप्त गर्नुभएको छएमाले कास्की अध्यक्षमा बैनबहादुर अधिकारी क्षत्री विजयी


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist