Latest
अर्को
Prev

कांग्रेसलाई बलियो बनाउने अठोट बोकेर जनतामाझ जाऔँः महामन्त्री थापा

सेयर गर्नुहोस

गोदावरी (ललितपुर), १० फागुन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसलाई बलियो र सबल बनाउने अठोट बोकेर जनतामाझ जानुपर्ने बताउनुभएको छ ।

कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार दिनदेखि सञ्चालन भएको महासमिति बैठककोे आज समापन गर्दै उहाँले महासमिति बैठकपछि पार्टीलाई बलियो र सबल बनाउने गरी जनतामाझ जानुपर्ने बताउनुभयो । 

महामन्त्री थापाले हामी अभिभावक र सेवक भएकाले राम्रो काम गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । विसं २०४६ देखि हालसम्म नेतृत्वमा रहेका सबैको सम्पत्ति छानबिन गर्ने अठोट कांग्रेसले लिनुपर्ने उहाँको भनाइ थियो । 

महामन्त्री थापाले भन्नुभयो, “काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिनुपर्छ । भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई कांग्रेसले वरपर राख्न हुदैन ।” उहाँले पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । 

“कांग्रेसले चार वर्षमा १२ लाख नयाँ सदस्यता थपेर आगामी निर्वाचनमा देशकै सबैभन्दा धेरै मत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ”, महामन्त्री थापाले भन्नुभयो । बदलिँदो कांग्रेस र बलियो कांगेसको आडमा आगामी १५ वर्षमा देश निर्माणको सपना पूरा गर्ने उहाँको भनाइ थियो ।

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकले देशमा सुशासन र समुन्नतिलाई अगाडि बढाउन कांग्रेस एक ढिक्का भएको सन्देश दिएको बताउनुभयो । “महासमिति बैठकमा देशको पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्मका समस्यालाई देख्ने र सुन्ने मौका पायौँ । यसको समाधानका लागि कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।

महामन्त्री शर्माले मुलुकलाई नेतृत्व गर्ने पार्टी कांग्रेस भएको उल्लेख गर्दै आगामी दिनमा पार्टीबाट उठाउने उम्मेद्वार भूगोलबाट छान्ने प्रवृत्तिलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । महासमिति बैठकबाट पारित कुरालाई पार्टीले अक्षरश पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले पार्टीलाई बलियो बनाउनका लागि देशभरका नेता तथा कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताउनुभयो । “समावेशी, समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरेकाले आज संसद्मा महिला, मधेसी, मुस्लिम समुदायको प्रतिनिधित्व भएको छ । यो कांग्रेसको देन हो”, उहाँले भन्नुभयो ।

कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीले महासमिति बैठकमा प्रस्तुत प्रतिवेदन कार्यान्वयन गरेर अगाडि बढ्न सके पार्टी झन् बलियो भएर अगाडि बढ्ने बताउनुभयो । “कांगेस एकढिक्का भयो भने कसैले हराउन सक्दैन”, उहाँले भन्नुभयो । 

कांग्रेस सहमहामन्त्री महालक्ष्मी (डिना) उपाध्यायले पार्टीभित्र उठेका महिला सहभागितालाई पार्टीले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले गठबन्धनका कारण कार्यकर्ताले रुखमा भोट हाल्न नपाउँदा निराशा उत्पन्न भएको उल्लेख गर्नुभयो । कांग्रेसले आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले महासमिति बैठकले पार्टीलाई नविन दिशामा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । “कांग्रेसले कसैलाई काखा र कसैलाई पाखा लगाएर हिँड्दैन । जनतालाई केन्द्रमा राखेर अगाडि बढ्छ”, उहाँले भन्नुभयो । 

कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले बैठकबाट प्राप्त सुझावलाई समेटेर पार्टीको विधानलाई परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले वर्तमान समयमा आमजनतामा देखिएको निराशालाई कांग्रेसले चिनुपर्ने धारणा व्यक्त गर्नुभयो । कांग्रेसले सबैलाई समेटेर अगाडि बढ्ने तागत राख्नुपर्ने उहाँको भनाइ थियो ।

कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले कांग्रेसले अन्य पार्टीसँग समय र परिस्थितिअनुसार गठबन्धन गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई तीन वर्षपछि एक्लै लड्ने पार्टी बनाउन सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो । रासस 

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist