काठमाडौँ । ललितपुरको गोदावरीमा आज देखि सुरु भएको नेपाली कांग्रेसको महासमिति बैठकमा उपस्थित भएका ४ सय २ जना महासमिति सदस्यहरूले नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानमा हस्ताक्षर सकंलन गरेका छन् ।
केन्द्रीय सदस्य शंकर भण्डारीकै अगुवाइमा हिन्दू राष्ट्र पुनर्स्थापनाको पक्षमा महासमिति सदस्यहरूको हस्ताक्षर संकलन सुरु भएको हो । बैठकको पहिलो दिन २०४ जना महासमिति सदस्यले हस्ताक्षर गरेका छन् ।
सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक भण्डारी सहित २२ जना केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठकमै हिन्दू राष्ट्र पुनर्स्थापनाको एजेण्डामाथि छलफलको माग गरेका थिए ।