काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका-५, मस्यामको चिदिसमा जिप दुर्घटनामा हुदा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलेका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, जीपमा १५ जना यात्रु सवार रहेको सूचना छ ।