Latest
अर्को
Prev

समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीलाई स्वावलम्बी बनाउन आवश्यक: राष्ट्रपति पौडेल

सेयर गर्नुहोस

१ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई सभ्य, सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनुपर्ने बताएका छन् ।


“समाजलाई सभ्य सुसंस्कृत र समृद्ध बनाउन नारीहरूलाई सुशिक्षित, स्वावलम्बी र सशक्त बनाउनै पर्छ”, राष्ट्रपति पौडेलले भने, “गार्गी कन्या गुरुकुलमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको मंगलबार उद्घाटन गर्दै पौडेलले देशमा रहेका गुरुकुलमा कन्याहरूलाई यथोचितरुपमा वैदिक शिक्षा दिने व्यवस्था हुन नसकेको अवस्थामा यसले कन्याहरूलाई गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो भन्दै यस गुरुकुलका लागि राज्यले पनि विशेष ध्यान दिनेनैछ भन्ने मैले विश्वास लिएको छु । पौडेलले ऋषिमुनि र तपस्वीहरूको आदर्शको अनुसरण गर्दै देवघाटधाममा सन्त महात्माहरूले आश्रम र गुरुकुल चलाएर यहाँको महत्वलाई बढाउनु प्रशंसनीय कार्य भएको बताए ।


गुरुकुल यौटा वैज्ञानिक र व्यवहारमुखी शिक्षा पद्धति हो । यसबाट शिक्षित जनशक्तिले आफ्नै माटोको मौलिक संस्कार, संस्कृति, सहअस्तित्व र स्वाभिमानको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लागेको छ । विश्वको सबैभन्दा प्राचीन ग्रन्थ वेद हो र आध्यात्मिक ज्ञान, विज्ञानको मूल पनि वेदलाई मानिएको बताउँंदै त्यस्तो अगाध ज्ञानको स्रोत भएको वेदको र वैदिक सनातन संस्कृतिको उद्गमभूमि नेपाल भएको र नेपाल देवभूमि र अध्यात्म साधनाभूमिको रूपमा चिनिने गरिएको उल्लेख गरे ।


पौडेलले परापूर्वकालमा यहाँका विभिन्न पावन तीर्थमा रहेर वसिष्ठ, विश्वामित्र, याज्ञवल्क्य, अष्टावक्र र गार्गीजस्ता ऋषिमुनिहरूले कठोर साधना गरेको तथा आफ्नो तपस्याको बलमा अलौकिक शक्ति आर्जन गरेको उल्लेख गर्दै उनीहरूले तपस्याद्वारा प्राप्त गरेको वैदिक र आध्यात्मिक ज्ञानले समाजलाई आलोकित बनाएको कुरा विभिन्न ग्रन्थहरूमा पाइएको पनि बताएका थिए ।


राष्ट्रपति पौडेलले देशकै पहिलो कन्या गुरुकुलको रूपमा गार्गी कन्या गुरुकुल सञ्चालन हुनु खुशीको विषय भएको बताउँंदै वैदिक कालमा गार्गी मदालसा, घोषा अपालाजस्ता विदुषीहरूले ज्ञानको ज्योति छरेर समाजलाई मार्गदर्शन गरेको उल्लेख गरे ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist