Latest
अर्को
Prev

पर्यटन प्रबर्द्धन गर्न मानहुँदेखि-पुलिमराङसम्म अल्ट्रा म्याराथन

सेयर गर्नुहोस

९ माघ, तनहुँ । पर्यटन प्रबर्द्धन गर्न मानहुँदेखि-पुलिमराङसम्म अल्ट्रा म्याराथन गरिने भएको छ । खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले शहिद दिवसको अवसर पारेर माघ १६ गते सातौं व्यास नगर अल्ट्रा म्याराथन आयोजना गरेको हो । ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान व्यास नगरपालिकाको अभियान’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले पत्रकार सम्मेलनमा जानकारी दिए ।


उनले पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उदेश्यले प्रतियोगिता गरिदै आएको बताए । व्यास नगरपालिका–५ मानहुँबाट शुरु हुने म्याराथन व्यास नगरपालिका-८ पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँको सिद्ध मार्ग हुँदै अलैचे – चापाघाट- अनसन चौतारी-सफासडक-भोर्लेटार चोक- बैरेनी- दुम्सी – कलेस्ती- पाथ्रा – सत्रसय – बानियाँ डिही- — बर्लाची-सोतीवेशी-बगुवा रिस्ती – बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर अल्ट्रा म्याराथनको समापन हुनेछ । प्रतियोगितामा प्रथम हुने धावकले नगद ८५ हजार ८०, द्वितीय हुनेले ६५ हजार ८० र तृतीय हुने धावकले ५५ हजार ८० रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै ५ जनालाई सान्त्वना पुरस्कार १६ हजार ८० का दरले प्रदान गरिने व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist